FAQs Complain Problems

योजना सम्झौता गर्ने

संक्षिप्त परिचय

चुलाचुली गाउँपालिका    इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको छ ।  जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ . छ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका,पश्चिमका मोरंग जिल्ला उत्तरमा मांग्सेबुंग गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासंग सिमाना जोडिएको छ ।  पूर्वपश्चिम राजमार्गसंग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ ।  यहाँ पर्ने चुरे क्षेत्रमा चुला ढुंगासरी मसिना पहाडहरु उठेकाले तिनकै आधारमा ठाउँको नाम चुलाचुली रहेको हुनसक्छ। 

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन सर्जीमिन हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा प्रमुख
सेवा दिने कार्यालय: 
चुलाचुली गाउँकार्यपालिकाको कार्यालय,चुलाचुली इलाम
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 
गाउँ सभाबाट पारित योजना किताब बाट सम्बन्धित योजना इंगित पानाको प्रतिलिपि/ उपभोक्ता भेलाको निर्णयको प्रतिलिपि/ नियमानुसार उपभोक्ता समितिका पदाधिकारीको नागरिकता सहितको वडा कार्यलयको सिफारिस/ स्वीकृत योजनाको लागत अनुमान/ सम्झौताका लागि निबेदन पत्र