FAQs Complain Problems

संक्षिप्त परिचय

इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको छ . जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ . छ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका,पश्चिमका मोरंग जिल्ला उत्तरमा मांग्सेबुंग गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासंग सिमाना जोडिएको छ . पूर्वपश्चिम राजमार्गसंग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ . यहाँ पर्ने चुरे क्षेत्रमा चुला ढुंगासरी मसिना पहाडहरु उठेकाले तिनकै आधारमा ठाउँको नाम चुलाचुली रहेको हुनसक्छ .<p>

दक्षिणको मैदानी भागमा उस्ण हावापानी र कृषियोग्य भूमि भएकोलेपहाडी क्षेत्रबाट बसाइ सराइ गरी एक मानिसहरुको बाहुल्यता रहेको क्षेत्र हो साबिकको चुलाचुली . ठुलो क्षेत्र वनजंगलले ढाकिएको भएकाले जिल्लाको काष्ठ उद्योगहरुको राम्रो सम्भावना यस क्षेत्रमा रहेको छ . जिल्लाको कुल जनसंख्याको करिब ७.२ प्रतिशत जनसंख्या बसोबास गर्ने यस क्षेत्रको औसत जनघनत्व १९२ प्रति वर्गकिलोमिटर रहेको छ . सामाजिक वनावट को आधारमा करिव ५५ प्रकारका जातजातिहरु मद्धे ३० प्रतिशत राई र २५ प्रतिशत ब्राम्हणछेत्री तथा बाँकि अन्य जातजाति वसोवास गर्दछन . तराई क्षेत्रसंग जोडिने भएकोले तराई मूलका मानिसहरुको पनि यस क्षेत्रमा उल्लेखनिय वसोवास पाइन्छ .</p>