विषय: - आधिकारिक विक्रेता वा आधिकारिक प्रतिनिधि उपस्थिति हुने सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा यस कार्यालयको आ.व २०८३/८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार यस कार्यालय लाई आवश्यक पर्ने डिजिटल एक्सरे मेशिन खरिद प्रक्रियाका लागि मिति २०८३/०६/२१ गते क्याटलग सपिङ्ग विधिबाट खरिद प्रक्रियाका लागि सार्वजनिक सूचना आह्वान भए अनुसार यस कार्यालयमा तोकिएको मिति सम्ममा आधिकारीक विक्रेता वा आधिकारीक प्रतिनिधि मार्फत दर्ता भएका प्रस्तावहरु " उत्पादक वा अधिकृत बिक्रेताद्धारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) खरिद गर्ने कार्यविधि, २०७४" अनुसार प्रस्तावहरु खोल्नका लागि तपशीलको मिति,समय र स्थानमा उपस्थिति भै दिनुहुन् यो सूचना जारी गरिएको छ ।
तपशील:-
मिति:- २०८३/०६/३०
समय:- विहानको १०:०० बजे
स्थान:- चुलाचुली गाँउकार्यपालिकाको कार्यालय, आइतबारे इलाम ।