FAQs Complain Problems

७४/७५

संक्षिप्त परिचय

चुलाचुली गाउँपालिका    इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको छ ।  जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ . छ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका,पश्चिमका मोरंग जिल्ला उत्तरमा मांग्सेबुंग गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासंग सिमाना जोडिएको छ ।  पूर्वपश्चिम राजमार्गसंग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ ।  यहाँ पर्ने चुरे क्षेत्रमा चुला ढुंगासरी मसिना पहाडहरु उठेकाले तिनकै आधारमा ठाउँको नाम चुलाचुली रहेको हुनसक्छ। 

(CBRF) काे परिक्षा सम्बन्धी सूचना र अावेदनकर्ताहरू

चुलाचुली गाउँपालिका ले खुलाएकाे  समुदायमा अाधारित सहजकर्ताकाे लिखित तथा मैखिक परिक्षा यही मिति २०७४/१०/०३ मा १ बजे जनता मा.वि. चलीकञ्नपुर उ.मा.वि.मा हुने जानकारी का साथ सम्पूर्ण प्रमाण पत्र सक्कलै ल्रयाउन जानकारी गरार्इन्छ ।

 

दस्तावेज: 

Pages