FAQs Complain Problems

वार्ड नं २

संक्षिप्त परिचय

चुलाचुली गाउँपालिका    इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको छ ।  जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ . छ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका,पश्चिमका मोरंग जिल्ला उत्तरमा मांग्सेबुंग गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासंग सिमाना जोडिएको छ ।  पूर्वपश्चिम राजमार्गसंग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ ।  यहाँ पर्ने चुरे क्षेत्रमा चुला ढुंगासरी मसिना पहाडहरु उठेकाले तिनकै आधारमा ठाउँको नाम चुलाचुली रहेको हुनसक्छ। 

चुलाचुली वार्ड नं. २ को कार्यालय चुलाचुली गाउँपालिका को २६०३९'३०'' उत्तरी अक्षांस देखि ८७o४८'०' पुर्बी देशान्तर मा फैलिएको छ। यस वडामा चुलाचुली गाउँपालिकाको अस्थायी प्रशासनिक भवन रहेको छ ।प्रशासनिक भवन संगै चुलाचुली पशुसेवा शाखा,कृषि सेवा शाखा ,शैक्षिक स्रोत केन्द्र पनि रहेको छ ।चुलाचुली वडा नं. १ को कार्यालय पनि हाललाइ चुलाचुली गाउँपालिका प्रशासनिक भवनमा नै राखिएको छ। पर्यटकीय दृष्टिकोणले धनी रहेको यस वडामा तिनकुने पोखरी सिमसार क्षेत्र रहेको छ । यस वडामा १ माध्यमिक बिद्यालय, १ आधारभूत बिद्यालय,२ निजि बिद्यालयहरु रहेका छन् ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
3494
Ward Contact Number: 
९८४२२४३८३०