FAQs Complain Problems

सार्बजनिक सुनुवाई तथा प्रगति विवरण प्रस्तुतीकरण कार्यक्रम

संक्षिप्त परिचय

चुलाचुली गाउँपालिका    इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको छ ।  जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ . छ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका,पश्चिमका मोरंग जिल्ला उत्तरमा मांग्सेबुंग गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासंग सिमाना जोडिएको छ ।  पूर्वपश्चिम राजमार्गसंग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ ।  यहाँ पर्ने चुरे क्षेत्रमा चुला ढुंगासरी मसिना पहाडहरु उठेकाले तिनकै आधारमा ठाउँको नाम चुलाचुली रहेको हुनसक्छ। 

यस गाउँपालिकाको आयोजना तथा चुलाचुली सामुदायिक अध्ययन केन्द्रको संयोजनमा मिति २०७५ साउन ११ गते बिहान १०:०० बजे बाट हुने सार्बजनिक सुनुवाई तथा आ.ब. २०७४/०७५ को बार्षिक प्रगति विवरण प्रस्तुतिकरण कार्यक्रममा सम्पूर्ण जनप्रतिनिधि, बुद्धिजिबी बर्ग, संघ संस्था तथा सम्बन्धित सबैको उपस्थितिका लागि अनुरोध छ.....

आर्थिक वर्ष: